citizens life insurance long ad
stcnepal long ad

एनसेलको शेयर किन्ने तयारीमा जुट्यो जीवन बीमा कम्पनीहरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यतिबेला दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उब्जिएको अवस्था छ ।

यहीँ विवादको बिचमा बीमा कम्पनीहरुले दिर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने तयारीमा जुटेको छ ।

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल भईरहेको स्रोतको जानकारी छ ।

जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच एनसेलको सेयर खरिद विषय चलिरहेको हो। एनसेल खरिद गर्न अनुमति दिने हो बीमा कम्पनीहरू सेयर किन्न तयार रहेको जीवन बीमकहरुको धारणा रहेको छ ।

बीमा कम्पनीहरुको लागि दिर्घकालीन लगानीको लागि एउटा उत्तम विक्लप रहेको कारण सो बिषयमा नियामक निकाय बीमा प्राधिकरण पनि सकारात्मक रहेको छ ।

हाल संचालमा रहेका जीवन बीमा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने बिषयमा सिईओहरुबीच छलफल चलिरहेको छ ।

जीवन बीमा कोष लगायत दीर्घकालिन प्रकृतिको कोषमा रकम वृद्धि हुँदै जाँदा जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको लगानीको क्षेत्र खोजिरहेका छन् ।

IME Life
kumari