sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बढ्यो अमेरिकी डलरको भाउ

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ३४ पैसा र बिक्री दर १२१ रुपैयाँ ९४ पैसा तोकेको छ । सोमबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०५ पैसा र बिक्री दर १२१ रुपैयाँ ६५ पैसा थियो । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ ।
विश्व अर्थतन्त्रमा कोरोना प्रभाव जारी रहँदा लगानीकर्ताको ध्यान डलरमा आकर्षित भएको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि खस्केको छ ।
नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भा.रु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन हुन्छ ।
gold
nawakantipur long