प्रतिबन्धित लागूऔषध बरामद

सिरहा । सिरहा नगरपालिका-१६ बाट प्रतिबन्धित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको ४० बोतल,रिप्लिन १ सय एमएलको २७ बोतल आइतबार प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथभारतबाट नेपालतर्फ पैदल आउँदै गरेको व्यक्तिले झोला फाली फरार भएपछि झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।