stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हालै पदोन्नति भएका प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार,गृह मन्त्रालय सचिव स्तरको २०७७ जेठ ३२ गतेको निर्णय अनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएकाप्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णय अनुसार पदोन्नति भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलकासाथ उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीको सक्रिय सदस्यको रुपमा फिल्डमा खटि आर्जन गरेको सिप, दक्षता र कार्यकौशलता लगायतको मुल्याङ्कन गरी पदोन्नति गरिएको उहाँले चर्चा गर्नुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सृजना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आगामी दिनहरुमा  थप अग्रसरता, संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी निरीक्षक गणेश राज उप्रेतीले संगठनले अंगिकार गरेको नीति अनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धताव्यक्त गर्नुभयो ।

पदोन्नति भएकामध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने कार्यक्रम रहेको छ ।

 

 

prabhu mahalaxmi
kumari