sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरकार विरुद्ध प्रदर्शन गर्ने ५ विदेशीलाई देश निकाला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकार विरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको छ । अध्यागमन विभागका महानिर्देशक रमेश केसीका अनुसार उनीहरुलाई लकडाउन खुलेपछि नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने भएको हो ।

पक्राउ परेका ६ जना मध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवाना मात्रै गरिएको छ । जेठ ३१ गते सरकार विरुद्ध आह्वान गरिएको प्रदर्शनमा तीन चिनियाँ नागरिक ४० वर्षिय महिला क्वीन लि, २६ वर्षिय लिउ सु र ३० वर्षिय यानन जिया, अस्ट्रेलियन नागरिक २४ वर्षिय कलानी गाकोन, ३२ वर्षिय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ३१ वर्षीय नर्वेजियन महिला महिला मरिता लिभरोद सरकार विरुद्ध प्लेकार्ड सहित प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकै क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानिर्देशक केसीका अनुसार पक्राउ परेका मध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवाना मात्रै गराइएको छ । बाँकी ५ जना मध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

विदेशी नागरिकलाई नेपालमा कुनै पनि किसिमको राजनीतिक अधिकार नभएका कारण यस्तो सजाय गर्न लागिएको हो ।

 

gold
nawakantipur long