macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गत कार्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।

एशियन पेन्टस् नेपालद्वारा दिवङ्गत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग ऐकबद्धता प्रकट गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त चेक एशियन पेन्टस् नेपाल प्रा.लि.का कन्ट्री डाइरेक्टर श्री जीगोपाल कृष्णनद्वारा मंसिर १२ गते मंगलवार प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad