stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असार १ गते देखि जोर विजोर सवारीमा कडाइ गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चल्न दिने निर्णय गरेपनि सडक सवारी साधनले भरिएका छन् ।

निर्णय गरिएपनि लागू हुने कि नहुने भन्ने अन्योलमा जोर विजोर दुबै मोटरसाइकल चल्दै आएका छन् ।
तर अब असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । चारपांग्रे निजी सवारी साधनको हकमा चालक सहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउने छन् ।

गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

गृह मन्त्रालयको सर्कुलर अनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यस बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

prabhu mahalaxmi
kumari