stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नायब सुब्बा विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग रु तीन हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

बैंकबाट कर्जा निकालि दिने प्रयोजनार्थ जग्गा रोक्का गराउन पुगेका सेवाग्राहीलाई अनेक बहाना बनाएर घुस माग्दै गरेको अवस्थामा आयोगले केही समय पहिले उनलाई पक्राउ गरेको थियो । आरोपी सुवेदीलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

prabhu mahalaxmi
kumari