sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मनकामना केबुलकार २६ वर्षमा प्रवेश, दुई महिनाभित्र केबुलकार पूर्ण डिजिटल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा बोल्दै अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने बताएका छन् ।

मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने उनको भनाइ छ । रिसोर्टमा ४० कोठाको सुविधा हुनेछ ।

रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्टमा करिब ५५ करोड लगानी हुने अनुमान गरिएको उनले बताए ।

रिसोर्ट संचालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्र नयाँ पर्टकीय गन्तव्य बन्ने उनको दाबी छ । विसं २०५३ कार्तिक २२ गते स्थापना भएको केबलकार २०५५ मा व्यवसायिक रूपमा सञ्चालनमा आएको थियो ।

एनलग प्रविधिलाई स्तरोन्नती गर्दै केबलकार डिजिटल प्रणालीमा प्रवेश गर्ने चरणमा रहेको छ । अष्ट्रियाको डोपेल्मायर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको कार्य सन् २०२१ मै सकिएको उनले बताए ।

बाँकी कामहरु आगामी वर्षको भदौरअसोज महिनासम्ममा सम्पन्न गर्ने कम्पनीको तयारी छ ।
पूर्णरुपमा डिजिटल नबनुन्जेलका लागि केबलकार बन्द हुने श्रेष्ठले जानकारी दिए ।

‘पूर्ण रुपमा डिजिटल प्रणालीमा स्तरोन्नती गर्न अझै २ महिना लाग्नेछ । त्यसबेलासम्मका लागि केबलकार बन्द हुनेछ,’ उनल भने।

अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने उनले बताए । स्तरोन्नति गर्न करिब ४५ करोडको लाग्ने उनले अनुमान गरे ।

केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको बताए । विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७–८ स्थानीय निकायलाई कम्पनीले राहत उपलब्ध गराएको थियो ।

सीएसआर नीतिअनुसार कम्पनीले केवलकार टिकट आम्दानीको कुल रकमको १र१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई वर्षेनी सहयोग गर्दै आएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले एक वर्षमा २ करोड हाराहारी आयकर तिर्दै आएको बताए । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ ।

पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेवापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई बिहीबार सम्मानित गरेको थियो।

gold
prabhu bank
nawakantipur long