citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले १३ प्रतिशत लाभांस वितरण गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरले २३औं र २४औं वार्षिक साधारण सभा सम्बन्धी जानकारी पुस मसान्तभित्र २३औं र २४औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ ।

संस्थाका सञ्चालक सचिव सुरेन्द्र भण्डारीले विज्ञप्ति जारी गरेर पुस मसान्तभित्र साधारण सभाको अन्तिम तयारी भइरहेको बताएका छन् । नेपालको वित्तीय बजारमा देखिएको उच्च तरलताको समस्या लगायत अन्य विविध समस्याको कारण संस्थाले २३औं वार्षिक साधारण सभा आयोजना गर्न सकेको थिएन ।

‘यही २०८० पुस मसान्तभित्र संस्थाले २३औं र २४औं वार्षिक साधारण सभा आयोजना गर्नको लागि आवश्यक सम्पूर्ण तयारी सुरुवात गरिएको व्यहोरा समस्त शेयर सदस्य महानुभावहरूलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘हालको विद्ययमान अवस्थामा वित्तिय क्षेत्रमा परेको प्रभावको बाबजुद यस संस्थाका शेयर सदस्यहरुले संस्थाप्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमूल्य सम्पत्तिको रुपमा लिदैं सदस्यहरूको भविष्यमा समेत आवश्यक सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको व्यहोरा समेत जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘संस्थाले मिति २०८०/०२/०८ गते सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाई सकेको व्यहोरा जानकारी गराउँदछौं’, सचिव भण्डारीले भनेका छन् । संस्थाको आ.व. ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘संस्थाले आ.व. ०७८/०७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आ.व. ०७९/०८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको व्यहोरा समेत जानकारी गराउँदछौं’, सचिव भण्डारीले भनेका छन् ।

‘संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल भएको छ’, उनले भने ।

‘संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर संचालन गरेको र ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गरेको व्यहोरा समेत शेयर सदस्य महानुभावहरूमा जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।

gold
kumari bank