stcnepal long ad
ime life insurance
global ime bank long

मणिपाल अस्पतालको आईसीयू कक्ष सिल, २२ जना कर्मचारी आइसोलेसनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पोखरा । गण्डकी प्रदेशमा आज थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र नवलपरासीमा एक–एक जना संक्रमित थपिएका हुन ।

पर्वतको कुश्मा नगरपालिकाका १९ देखि ४५ बर्ष उमेरका आठ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहेका ३५ बर्षिय पुरुष हुन् ।

अहिले अस्पतालको आईसीयू कक्ष सिल गरिएको छ । एक जनामा संक्रमण भेटिएपछि अस्पतालमा कार्यरत २२ जना कार्मचारीलाई आईसोलेसनमा राखिएको छ । त्यस्तै स्याङ्जाको वालिङ नगरपालिकाका १८ देखि ६६ बर्षका १८ जनामा संक्रमण पुष्टि भएको छ । अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षिय बालक र ठेगाना नखुलेका ४ बर्षिय बालकमा समेत कोरोना पुष्टि भएको छ ।

यस्तै तनहुँको घिरिङका १९ बर्षिय एक पुरुष र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ बर्षिय एक किशोरमा समेत कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ । त्यसमध्ये १ जनाको मृत्यु भएको छ भने ११ जना निको भइ घर फर्किएका छन् ।

prabhu mahalaxmi
kumari