macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

२१ लाख ८७ हजार सहित एक वालक पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

विराटनगर । मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो ।

हुन्डी कारोबारीले ती बालकलाई प्रयोग गरेर रकम ओसार पसार गरेको प्रहरीले अनुमान गरेको छ । विराटनगर ६ स्थित शनि मन्दिर चोकबाट १६ वर्षे बालकको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार बालकले पछाडि भिर्ने कालो ब्यागमा उक्त रकम बोकेका थिए । प्रहरीले मोटरसाइकलसहित बालकलाई पक्राउ गरेको जनाएको छ । बालकको साथबाट एक हजार रुपैयाँ दरको १६८७ थान अर्थात् १६ लाख ८७ हजार रुपैयाँ र ५०० रुपैयाँ दरको एक हजार थान अर्थात् ५ लाख रुपैयाँ बरामद गरेको हो ।

यस बाहेक प्रहरीले उनको साथबाट कुमारी बैङ्क लिमिटेडको एक थान चेक बुक, एनआइसी एसिया बैङ्कको काटिएको एउटा चेक, ग्लोबल आइएमई बैङ्कको विभिन्न मितिमा जम्मा गरिएको चार थान भौचर र  प्रदेश १–०२–०४३ प ६२४१  नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीले कुन कम्पनी, फर्म वा व्यक्तिको चेक बरामद गरेको हो भन्ने विषयमा खुलाएको छैन भने हुन्डी कारोबारमा संलग्न व्यक्तिको पहिचान पनि खुलाएको छैन । प्रहरीले अनुसन्धान पछि यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ ।

१५ कात्तिक २०८०, बुधवार ०८:३४ बजे प्रकाशित

NTA long ad