citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्‌लाई सम्बोधन गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलबार सम्बोधन गर्दैछन् ।

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ ।

सम्बोधनलगत्तै बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । सम्बोधनको जानकारी आइतबार नै प्रतिनिधि सभा बैठकमा दिइएको थियो ।

गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका थिए । साथै उनले औपचारिक पोसाकमा आउनसमेत आग्रह गरेका थिए ।

मुलुकमा गणतन्त्र स्थापनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि संसद्लाई सम्बोधन गर्ने नेपालबाहिरका विशिष्ट व्यक्ति गुटेरेस हुने भएका छन् ।

himalayan life insurance
igi long