stcnepal long ad
ime life insurance
national life
global ime bank long

लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरु र विभिन्न मन्त्रीहरुबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा १० चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

‘प्राविधिक टोलीले अध्ययन गरिरहेको कारणले गर्दा कहिले नै कुन चरणमा के हो भन्नु कुरा भन्न सकिन्न,’ सचिव विडारीले भने, ‘प्राविधिक कुराहरु संशोधन गर्न चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरु खटिइरहनुभएको छ । उक्त कार्य छिट्टै टुंगिन्छ ।’

स्रोतका अनुसार आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीसामु एक मन्त्रीले सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको सवालमा राजनीतिक रूपमा सफल नेतृत्व गर्न नसकेको गुनासो गरेका थिए । तर, प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वमा नभई सरकारी निकायहरुबीचमा राम्रो समन्वय नहुँदा मात्र केही समस्या देखा परेको बताएका थिए । आजको कान्तिपुर दैनिकबाट

IME Lifesidebar
kumari