citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्टलगायतका सामग्रीसमेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेशको प्रवेशविन्दुमा नेपाली सेनाले ‘होल्डिङ एरिया’ बनाई व्यवस्थापन गर्ने र काठमाडौँबाट तोकिएको क्वारेन्टिनसम्म पुग्दाको खाना, खाजा लगायतका खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई दिएको छ ।

लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णय समेत गरिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank