stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्यालय पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ९५ करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । भारतले नेपाललाई विद्यालय पुनर्निर्माणका लागि २ अर्ब ९५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको आर्थिक सहयोगमा ५६ वटा विद्यालयहरुको पुनःनिर्माण गर्न लागेको हो ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्ती अनुसार नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

prabhu mahalaxmi
kumari