macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पहिलो पटक गोरखामा आमाको नामबाट नागरिकता वितरण सुरु

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । आज मंगलबारदेखि आमाको नामबाट नागरिकता वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार आज भीमसेन थापा गाउँपालिका(१ का मञ्जित बानियाँलाई पहिलो पटक आमाको नामबाट नागरिकता दिइएको छ ।

आवश्यक प्रक्रिया र कागजात पुगेकाहरूले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालको भनाई छ । बाबुको पहिचान नखुलेकाहरूले मात्र आमाको नामबाट नागरिकता पाउन सक्ने उनले बताए ।

नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रूपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।

१६ असोज २०८०, मंगलवार २०:०४ बजे प्रकाशित

NTA long ad