stcnepal long ad
global ime bank long

एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए ।

स्वास्थ्य शिविरहरुले मानिसहरुमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरु समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यम मानिन्छ ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि  वार्षिकोत्सवको  थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरु गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ । स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म संचालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरुलाई निःशुल्क औषधि पनि दिईएको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “हाम्रा स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै काठमाडौको मुटुमा यस स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्घ छ । काठमाडौ लगायत देशको विभिन्न भागमा यस किसिमको स्वाथ्य शिविर छिटै आयोजना गर्नेछौ । ”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ ।

त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् ।

IME Lifesidebar
kumari