citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा सुरू

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलबारबाट सुरू भएको छ ।

मंगलबार बिहान १० बजेर ४० मिनेटको साइतमा बसन्तपुरमा ध्वजारोहण गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा पत्रकार सम्मेलन गरी सो पर्वको शुभारम्भ मंगलबारदेखि सुरू हुने जानकारी गराएको हो ।

जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ ।

यसैबीच, काठमाडौँ महानगरपालिकाले इन्द्र जात्राका लागि रथयात्रा हुने क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।

यस्तै, असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ ।

himalayan life insurance
igi long