stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलहरुको सूची सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई लक्षित गरी सरकारले क्वारेन्टाइनका रूपमा प्रयाेग गर्न छानिएका होटलको सूची सार्वजनिक गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै प्रारम्भिक सूची सार्वजनिक गरेकाे हाे ।

कुल ४७ हाेटलकाे नाम तय गरिएकाे उक्त सूचीमा एकतारेदेखि चार तारे होटलसम्म रहेका छन् । अधिकांश हाेटल काठमाडाैँ उपत्यका भित्रै तथा एक पाेखरा र एक रूपन्देहीमा रहेका छन् ।

सार्वजनिक गरेको सूचीमा ३ वटा चारतारे होटल रहेका छन् । जसमा ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोबर छन् । २७ वटा टुरिस्ट स्टान्डर्ड हाेटल रहेका छन् । तीनतारे हाेटल ९ वटा र दुइतारे हाेटल २ वटा रहेका छन् ।

सरकारले विदेशबाट फर्किने नेपालीहरुलाई होटलमा बनाइएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । तर होटल बसाइको सबै खर्च व्यक्ति स्वयंले तिर्नुपर्ने व्यवस्था गरिएकाे छ । हाेटलहरू सबै सुविधायुक्त रहेकाे बताइएकाे छ ।

तर सामान्य हैसियतका नागरिक भने यहाँ खर्च गरेर बस्न सक्ने देखिँदैन ।

हेर्नुहाेस् सूची-

prabhu mahalaxmi
kumari