stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नवलपरासीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल

नवलपरासी ।  पूर्वी नवलपरासीमा कोरोना भाइरस संक्रमितको संख्या १७ पुगेको छ । आज थप चार जनामा संक्रमण पुष्टि भएको हो । हुप्सेकोट गाउँपालिकावाट जेठ २० गते ४५ जनाको स्वाब संकलन भएकोमा ति मध्ये चार जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित चारैजना चार नम्बर बडाका २० देखि ४५ वर्ष उमेरका पुरुष छन् । उनीहरु भारतको हिमाञ्चलबाट सुनौली नाका हुँदै घर फर्केका थिए । घरफर्के लगत्तै उनीहरुलाई जनता आधारभुत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

संक्रमितलाई भरतपुर र रजहरको आइसोलेसनमा पठाइएको छ । यसअघि संक्रमण पुष्टि भएका ५ जना भरतपुर र ५ जना नवलपुर र ६ जना रजहरको आइसोलेसनमा छन् ।

prabhu mahalaxmi
kumari