stcnepal long ad
ime life insurance
national life
global ime bank long

पछिल्लो एक महिनामा उद्योगमा ३ अर्ब लगानी प्रतिबद्धता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशी गरी विभिन्न उद्योगमा पौने तीन अर्ब रूपैयाँ लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा २ अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी र ४ नयाँ उद्योगमा १ अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट ७ उद्योगमा ७२ करोड ७० लाख लगानी प्रतिबद्धता भएको हो ।

यसैगरी, भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेसियाबाट क्रमशः ५/५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । उनका अनुसार मन्त्रालयले औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको काममा सहयोग गर्न उद्योगमन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं सम्बन्धित क्षेत्रका विज्ञ रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ ।  रासस

IME Lifesidebar
kumari