citizens life insurance long ad
stcnepal long ad
national life

चिलिमे त्रिशूली प्रशारण लाइनको डेड लाइन पुससम्म मात्र, समयमै पुरा होला ?

Prabhu Insurance Long Ad

काठमाडौं । चिलिमे त्रिशुली प्रशारण लाइन निर्माणको काम आगामी पुस मसान्तभित्र सम्पन्न गरिसक्नका लागी नेपाल विद्युत प्राधिकरणले समय सीमा निर्धारण गरिदिएको छ। अबको चार महिनाभित्र निर्माण कम्पनीले त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य पुरा गरी सक्नुपर्नेछ।

त्रिशूली नदी र सहायक खोलामा निर्माण भइरहेका र भविष्यमा निर्माण हुनसक्ने जलविद्युत् आयोजनाले उत्पादन गर्ने जलविद्युत् उर्जा राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गर्नका लागी प्राधिकरणले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माण कार्य गराइ रहेको छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०,१३२ र ३३ केभी क्षमताको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण कार्य भइरहेको छ ।

यसबाहेक चिलिमे(त्रिशूली थ्री बी हब २८ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन समेत निर्माण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले स्थलगत अध्ययन पछि पुस महिनासम्मको समय सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।

प्रसारण लाइन निर्माणको काम समयमै पुरा हुन नसके निर्माणाधीन १११ मेगावाटको रसुवागढी र ४२‍‍।५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जाने जोखिम छ।

कुल २८ किलोमिटर प्रसारण लाइनका लागी योजना अनुसारको ७६ वटा टावरमध्ये ५६ वटाको मात्र जग तयार भएको छ । बाँकी टावरको जग हाल्ने तयारी चलिरहेको छ ।

४८ वटा टावर ठड्याउने काम सम्पन्न गरेर जम्मा १० किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत रहेपनि भौगोलिक अवस्थित र कठिन भूगोलका कारण टावर निर्माणको कार्य चार महिनाको बाँकी अवधिभित्र पुरा हुन चुनौती रहेको बताइएको छ ।

तीन करोड ९० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी रहेको छ। परियोजनाको लागी जर्मन विकास बैंक र युरोपियन इन्भेष्टमेण्ट बै‌ंकले सहुलितपूर्ण ऋण लगानी गरेको छ ।

himalayan life insurance
igi long