stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

सोमबार बोलकबोल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्दीय बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिनको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिन अवधिको ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।

यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजे बोलकबोल गर्नेछ भने मंगलबार जारी हुनेछ । २८ दिने ट्रेजरी बिल कात्तिक ७ गते परिपक्व हुनेछ भने ९१ दिनको ट्रेजरी बिल पुस १० गते परिपक्व हुनेछ । यस्तै, १८२ दिन अवधिको ट्रेजरी बिल आगामी चैत १३ गते परिपक्व हुनेछ ।

 

 

prabhu mahalaxmi
kumari