citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

चलचित्र विकास बोर्डकाे अध्यक्षमा दयाराम दाहाल नियुक्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत थिए । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि विगत ६ महिनादेखि बोर्ड नेतृत्वविहिन भएको थियो ।

बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका निर्देशक दाहालले यो जटिल समयमा बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ ।

नेपाली चलिचत्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।

gold
himalayan life insurance long ad
kumari bank