prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

आज लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज असार ५ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीले जारी गरेको आइपीओमा असार ३ गते शुक्रबार दिउँसो १ः४५ बजेसम्ममो १ करोड २१ लाख ३८ हजार ४२० कित्ताका लागि आवेदन परिसकेको छ ।

 

 

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १९३.८५ गुणा बढी आवेदन हो । कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यो मध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा बीओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

५ असार २०७९, आइतवार ०७:५९ बजे प्रकाशित

NTA long ad
stcnepal long ad