prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

सीएनआई र ऊर्जा दक्षता केन्द्रबीच समझदारी

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्षता केन्द्रले ऊर्जा सम्बन्धी काममा सहकार्य गर्ने भएका छन् ।

ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरुको ऊर्जा सम्बन्धी सेवाको विकास तथा कार्यान्वयनका लागि दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौता अनुसार दुवै संस्थाले उद्योगहरुले ऊर्जा दक्षता र क्षमता विकासका गतिविधिमा सहयोग गर्नेछन् ।

 

 

परिसंघले सन् २०१९ देखि उद्योगहरुमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ । त्यस्तै केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सृजना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यले काम गर्दै आएको छ ।

सम्झौतापत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् ।

५ असार २०७९, आइतवार ०८:१८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads