एनएमबि लघुवित्तको सीईओको राजिनामा स्वीकृत
आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुरली प्रसाद लम्सालको राजिनामा स्वीकृत भएको छ । लम्सालले घरायसी परिस्थितिले गर्दा संस्थाको सेवालाई निरन्तरता दिन असमर्थ रहेको भनि राजिनामा दिएका हुन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले चैत २१ गतेदेखि लागू हुने गरि लम्सालको राजिनामा स्वीकृत गरेको हो ।
सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६७४ तोकेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो । कम्पनीको साधारण सभा चैत २६ गते सिटी स्क्वाएर पार्टी प्यालेस न्यूरोड, पोखरामा हुने भएको छ । कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।