stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कोरोना रोकथाम कोषमा भाटभटेनी समूहबाट एक करोड आयो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताउनु भएको छ ।

‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले सोमबार साँझ भन्नुभयो, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’

विपत्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उहाँले बताउनुभयो । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं,’ उहाँले भन्नुभयो ।

विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ ।

भाटभटेनी समूहले विपत्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ ।

यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long