समिट लघुवित्तकाे राम्राे नाफा

काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यो अवधिमा संस्थाले ३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
संस्थाले गत वर्ष साेही अवधीमा २ लाख ७७ हजार रुपैयाँमात्र नाफा आर्जन गरेको थियो। संस्थाको सञ्चालन मुनाफा पनि बढेर ६ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको जनाएकाे छ ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८५.९५ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार १५५.५३ प्रतिशतले बढेर २६ करोड २० लाख रुपैयाँको भएको छ । गत वर्ष रिजर्भमा १० करोड २५ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३९.८८ रुपैयाँ रहेको छ। पीई रेसियो १४५.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६.४७ रुपैयाँ रहेको संस्थाले जनाएकाे छ।