sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कोप २६ मा नेपालले हिमाल र हिम नदी पग्लिएको विषय उठाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोलि कार्तिक १५ गतेबाट स्कटल्याण्डमा कोप–२६ सम्मेलन शुरू हुँदैछ । यो सम्मेलनमा सहभागि हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहित २० सदस्यीय टोली गत शुक्रबार बेलायत गएको छ। कोप(२६ सम्मेलन बर्सेनि हुने गर्दछ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले नयाँ सरकार गठन भएपछि पहिलो विदेश भ्रमण बेलायतबाट गरेका छन । देउवाले कोप–२६ कै साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। धेरैलाई कोप २६ के हो र कस्तो हो रु भन्नेबारे विस्तृत जानकारी थाहा छैन ।

कोप भनेको कन्फ्रेन्स अफ पार्टीज् अर्थात ‘सरोकारवालाहरुको सम्मेलन’ हो । कोपको अहिले बेलायतमा हुने सम्मेलन २६ औं सम्मेलन हो । त्यसैले कोप(२६ भनिएको हो । समग्रममा सरोकारवालाहरुको २६औं सम्मेलन नै कोप(२६ हो । यसलाई संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन पनि भनिन्छ ।

कोपको आयोजक संयुक्त राष्ट्रसंघ हो । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी मामला हेर्ने निकाय युएनएफसीसीआई यसको मुख्य संस्थागत आयोजक हो । यसलाई’ युनाइटेड नेसन्स् फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ भनिन्छ । यसलाई ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी’ पनि भनिदै आएको छ ।

यस सम्मेलनको प्रायोजक निजी कम्पनीहरु रहेका छन् । युनिलिभर, माइक्रोसफ्ट, रेकिट, स्कटिस पावर, सेन्सबरी, हिताची, नावेस्ट ग्रुप, जीएसके लगायतका प्रयोजक कम्पनीहरू रहेका छन् ।

कोप अर्थात् कोेप १ को प्रारम्भ सन् १९९५ बाट भएको हो । सन् १९९५ को मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा यसको प्रथम भेला भएको थियो । यसलाई बर्लिन म्यान्डेट पनि भनिन्छ । विश्वका विभिन्न महादेशमा कोपका सम्मेलनहरु भएका छन् । दक्षिण एसियामा एकपटक मात्र सन् २००२ मा भारतमा कोप सम्मेलन भएको थियो । कोप सम्मेलन भएका स्थानहरु निम्न छन् ।

ड्डकोप १ः जर्मनीको बर्लिनमा सन् १९९५ मार्च २८–अप्रिल ७ तारिख

कोप २ः स्विट्जरल्यान्डको जेनेभामा सन् १९९६ जुलाई ८–जुलाई १९ तारिख

कोप ३ः जापानको क्योतोमा सन् १९९७ डिसेम्बर १–डिसेम्बर १० तारिख

कोप ४ः अर्जेन्टिनाको ब्युनर्स आयर्समा सन् १९९८ नोभेम्बर २–नोभेम्बर १३ तारिख

कोप ५ः जर्मनीको बोनमा सन् १९९९ अक्टोबर २५–नोभेम्बर ५ तारिख

कोप ६ः नेदरल्यान्ड्सको हेगमा सन २००० नोभेम्बर १३–नोभेम्बर २४ तारिख

कोप ७ः मोरक्कोको माराकेचमा सन् २००१ अक्टोबर २९–नोभेम्बर १० तारिख

कोप ८ः भारतको नयाँ दिल्लीमा सन् २००२ अक्टोबर २३–नोभेम्बर १ तारिख

कोप ९ः इटालीको मिलानमा सन् २००३ डिसेम्बर १–डिसेम्बर १२ तारिख

कोप १०ः अर्जेन्टिनाको ब्युनस आयर्समा सन २००४ डिसेम्बर ६–डिसेम्बर १७ तारिख

कोप ११ः क्यानडाको मोन्टरियरमा सन् २००५ नोभेम्बर २८–डिसेम्बर ९ तारिख

कोप १२ः केन्याको नैरोबीमा सन् २००६ नोभेम्बर ६–नोभेम्बर १७ तारिख

कोप १३ः इन्डोनेसियाको बालीमा सन् २००७ डिसेम्बर ३–डिसेम्बर १७ तारिख

कोप १४ः पोल्यान्डको पोजनानमा सन् २००८ डिसेम्बर १–डिसेम्बर १२ तारिख

कोप १५ः डेनमार्कको कोपनहेगनमा सन् २००९ डिसेम्बर ७–डिसेम्बर १८ तारिख

कोप १६ः मेक्सिकोको कान्कुनमा सन् २०१० नोभेम्बर २८–डिसेम्बर १० तारिख

कोप १७ः दक्षिण अफ्रिकाको डुर्बानमा सन् २०११ नोभेम्बर २८–डिसेम्बर ९ तारिख

कोप १८ः दोहाको कतारमा सन् २०१२ नोभेम्बर २६–डिसेम्बर ७ तारिख

कोप १९ः पोल्यान्डको वार्सामा सन् २०१३ नोभेम्बर ११(नोभेम्बर २३ तारिख

कोप २०ः पेरुको लिमामा सन् २०१४ डिसेम्बर १–डिसेम्बर १२ तारिख

कोप २१ः फ्रान्सको पेरिसमा सन् २०१५ नोभेम्बर ३०–डिसेम्बर १२ तारिख

कोप २२ः मोरक्कोको माराकेचमा सन् २०१६ नोभेम्बर ७–नोभेम्बर १८ तारिख

कोप २३ः जर्मनीको बोनमा सन् २०१७ नोभेम्बर ६–नोभेम्बर १७ तारिख

कोप २४ः पोल्यान्डको काटोविचमा सन् २०१८ डिसेम्बर ३–डिसेम्बर १४ तारिख

कोप २५ः स्पेनको म्याड्रिडममा सन् २०१९ डिसेम्बर २–डिसेम्बर १३ तारिख

कोप २६ः संयुक्त अधिराज्य बेलायतको स्कटल्यान्डको ग्लास्सगोमा सन अक्टोबर ३१–नोभेम्बर १२ तारिख

सन् १९९५ देखि निरन्तर हरेक वर्ष हुँदै आएको कोप सन् २०२० मा कोभिड–१९ को महामारीले आक्रान्त भएकाले कोपको पूर्वनिर्धारित कार्यक्रम हुन सकेको थिएन । पूर्व घोषित मिति अनुसार कोप २६ सन् २०२० को नोभेम्बर ९–१९ सम्म स्कटल्यान्डको ग्लास्सगोमा नै तय भएको थियो ।

तर, कोपको व्यूरो बैठकले सन् २०२० मे २८ मा पुनः निर्णय गर्दै सन २०२१ को नोभेम्बर १–१२ सम्म गर्ने निर्णय गरेको थियो । त्यो निर्णयलाई एक दिन अगाडि सारेर फेरि अक्टोबर ३१ बाट सुरु गर्ने निर्णय भएको थियो ।

त्यही निर्णय अनुसार भोलिबाट कोप २६ सम्मेलन सुरु हुँदैछ । यो सम्मेलन नोभेम्बर १२ तारिख सम्म १३ दिन चल्नेछ । यसको आयोजना बेलायत र इटालीले संयुक्तरुपमा गरेका छन् ।

कोप २६ सम्मेलनमा छलफल हुने मुख्य विषयहरुमा क्याइमेट फेयर सेयर, क्याइमेट एम्बिसन, क्याइमेट फाइनान्स, लस एन्ड ड्यामेज र कार्बन मार्केट हुन् । क्याइमेट फेयर सेयरले जलवायु परिवर्नत रोक्न र यसका असर कम गर्न विभिन्न देशहरुले गर्नुपर्ने योगदान समानुपातिक हुनुपर्ने वकालत गर्छ ।

कतिपय देशले धेरै र कतिपयले थोरै योगदान गरेकोले त्यो अन्त्य हुनुपर्ने यसको माग हो । जस्तै चीन, भारत, इन्डोनेसियाको तुलनात्मक योगदान अमेरिका, युरोप र रुसभन्दा धेरै भएको सन् २०१५ मा प्रकाशित सिभिल सोसाइटी इक्वीटी रिभ्युले उल्लेख गरेको छ ।

जलवायु परिवर्नतका असरमा योगदान गरेकै अनुपातमा असर कम गर्न लगानी आवश्यक भएको यो विषयको मुल मर्म हो ।

क्याइमेट एक्बिसनले कोप १५ मा भएको पेरिस सम्झौता कडाइका साथ पालन गर्न माग गर्छ । उक्त सम्झौतामा तापक्रम औद्योगिक क्रान्ति अगाडिको २ डिग्री सेल्सियसभन्दा मुनि बनाउने र सकेसम्म १.५ डिग्री सेल्सियस बनाउने लक्ष्य छ । पेरिस सम्झौता अनुसारको कामहरु नभएकाले त्यसलाई झक्झकाउन यो बिषय अगाडि सारिएको छ ।

क्लाइमेट फाइनान्सले विश्वको उत्तरी गोलाद्वका धनी देशहरुले दक्षिणी गोलाद्वका देशहरुलाई जलवायु परिवर्नतका कारण भएको योगदानकै स्तरमा आर्थिक सहयोग गर्नुपर्ने लगायतका कुरा जनाउँछ ।

लस एन्ड ड्यामेजले विश्वका धनी प्रदूषक देशहरुले दक्षिणी गोलाद्वका गरिब देशहरुमा जलवायु परिवर्तको विपतको क्षतिपुर्ति र उत्तरदायित्वको कुरा गर्छ । कार्बन मार्केटले प्रदूषकहरुले प्रदूषण गरेवापतको पैसा वा क्षतिपुर्ति दिनुपर्ने लगायतका कुराहरु समेट्छ । कार्बन ट्रेड समेत भनिने यो चलनले केही प्रदूषण कम गरेको विज्ञहरु बताउदै आएका छन् ।

कोप २६ मा अमेरिकी रास्ट्रपति जो बाइडेन, मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुदैछन । आयोजक देशका नाताले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन निकै सकृय हुनेछन । यो सम्मेलनमा चीनका राष्ट्रपति सि चिङ फिङदेखि रुसी राष्ट्रपति पुटिन लगायत भने सहभागी हुने छैनन्।

संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य देश मध्ये चीन र रूसका दुई शक्तिशाली नेताको अनुपस्थितिले कार्यक्रमको विश्वव्यापी स्वामित्व र प्रभाव भने कम हुने देखिएको छ । यद्यपि युुरोप र अमेरिका पक्षधर शक्तिहरुको भने व्यापक उपस्थिति हुनाले केही प्रगतिको आशासमेत गर्न सकिन्छ ।

शुक्रबार उडेको प्रधानमन्त्री देउवा,६ जना सचिवहरु सहितको २० जना सम्लग्न नेपाली टोली ग्लास्सगो पुगि सकेका छन् । यश टोलीमा जलवायु परिवर्तनमा कामका हिसावले मुख्य सम्बन्ध राख्ने गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी छन् ।

सम्मेलनमा सहभागीता जनाउने र त्यहाँ उठेका छलफलका विषयमा टिपोट गर्ने बाहेक नेपालले कुनै गहन विषय बस्तु पेश गर्न सक्दैन। न त नेपाल सरकारले जलवायु परिवर्तनमा नेतृत्व गर्ने कुनै विश्वस्तरीय हैसियत बनाएको छ, न सम्मेलनका विषयमा नेपाललाई मुलधारमा पार्ने खालका कुनै बलिया बिषय नै छन् ।

नेपालको हिमाल पग्लेकोदेखि हिमनदी सुक्दै गएको विषय छलफलमा मुलरुपमा उठाउने भएको छ । यी विषयहरुलाई अन्य विषयहरुमा जोडेर नेपालले गम्भीर रूपमा उठाउने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि आयोजक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइड वार्ता गरेर प्रधानमन्त्री देउवाले नेपालको हितमा विश्वको ध्यान आकर्षित गर्न सक्छन।

prabhu bank
nawakantipur long