citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डिप्रोक्सले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाए

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आकर्षक प्रगति गरेको छ । यस अवधिमा संस्थाको प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ ।

खुद नाफा १५९.५४% ले बढेर ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

खुद ब्याज आम्दानी ४२.७८% र सञ्चालन नाफा ६६.३१% ले बढेको छ । यसले खुद नाफा बढ्न सहयोग पुगेको हो । संस्थाले यसअवधिमा ३८ करोड ९८ लाख ९५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यसले पनि नाफा बढाउन टेवा पुर्याएको हो । सम्भावित जोखिम बापतको व्यवस्था (प्रोभिजन) को रकम भने बढाएको छ ।

खराब कर्जा १.५५% ले घटेर ०.९२% मा आएको छ । अघिल्लो वर्ष खराब कर्जा २.४७%थियो । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३८ पैसाले बढेर ६१ रुपैयाँ ७३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा छ ।

himalayan life insurance
igi long