citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकले १४.३६ प्रतिशत लाभांश दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.३६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने भएको छ।

कोभिड महामारीका बीच बैंकले कतिपय सूचकहरुमा राम्रो प्रगति गर्दै आफ्नो लाभांश क्षमतालाई दोहोरो अंकमै कायम गराउने सफलता पाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड ६१ लाख बढी रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले आफ्ना सेयरधनीलाई १४.३६ प्रतिशतसम्म लाभांश बाँड्न सक्छ ।

साना संस्था गाभ्दै ठूलो बन्ने अभियानमा रहेको यो बैंकले आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको पाइएको छ ।

बैंकले खूद नाफा ३३.४० प्रतिशतले बढाएको छ भने खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जातर्फ समेत राम्रो प्रगति गरेको देखिएछ ।

समीक्षा अवधिमा बैंकको नाफा बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो ।

यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८८ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर बैंकले यो वर्ष ३ अर्ब ६० करोडको उचाई लिएको छ । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २५.०८ प्रतिशतको फड्को मारेको देखिन्छ ।

बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब रूपैयाँ बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रूपैयाँ भन्दा बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ५५.१३ प्रतिशत र कर्जातर्फ ५२.११ प्रतिशतले प्रगति भएको देखिएको छ ।
बैंकको फी र कमिसनबाट हुने आयमा ४३.३८ प्रतिशत, ट्रेडिङ र अन्य संचालन आम्दानीतर्फ ५० प्रतिशत हाराहारीमा प्रगति गरेको बैंकको दावी छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ८८ पैसा रहेको इपीएस बढेर समीक्षा अवधिसम्म १५ रुपैयाँ ३८ पैसा पुगेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि पटक–पटक लगाइएको लकडाउनको प्रभाव बैंकको कर्जातर्फ देखिएको छ । जसको फलस्वरुप अघिल्लो वर्ष १.५५ प्रतिशत मात्र रहेको खराब कर्जाको अनुपात केही बढी २।७७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.८८ प्रतिशत, कस्ट अफ फण्ड ५.८५ प्रतिशत, सीडी रेसियो ७७.४२ प्रतिशत, बेस रेट ७.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षसम्म ५.५ लाखमा सीमित ग्राहक संख्या बढेर १२ लाख पुगेको छ भने १०९ मा सीमित शाखा संख्या समेत बढेर १८९ को पुगेको सो बैंकको दावी छ ।

himalayan life insurance
igi long