Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

नाडेप लघुवित्तको स्थगित साधारण सभा अब जेठ २३ गते बस्ने

civilbank long ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्थगित वार्षिक साधारण सभा जेठ २३ गते बस्ने भएको छ । नाडेपले यस अघि जेठ ७ गते बस्ने भनिएको वार्षिक साधारण सभा विशेष कारणबस रद्द गरिएको जानाएको थियो । कम्पनीले पुनः साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ ।

सभामा डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्बन्धी भएका सबै कार्यहरु अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष  प्रस्ताव पेश हुनेछ ।

यसअघि जारी गरेको साधारण सभा सम्बन्धी सूचनामा भने नाडेपले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव राखेको थियो । तर अहिले जारी भएको सूचनामा भने उक्त प्रस्ताव हटाएको छ ।

सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौंमा बस्नेछ । यसमा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिनेछ । लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन ।

यता, डिप्रोक्स र नाडेप लघुवित्तबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । एक्विजिसन प्रक्रियामा रहेकाले गत पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार बन्द छ । त

सर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।


२ जेठ २०७८, आइतवार १४:४२ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad