Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

इम्रान खान अभियोगी विचारक, अघि कहिले नभएको लेखक

civilbank long ad

पाकिस्तान २००० मा कोभिड संक्रमणकालका लागि मात्र याद गरिने छैन कि इम्रान खान सरकारद्धारा विचारक, लेखक, पत्रकार, अधिवक्ता तथा मानव अधिकार, प्रतिस्क्षीहरु सबैका लागि निरन्तर यातना दिने क्रमका लागि बढी सम्झिने छ ।

सयौं पाकिस्तानीहरु सरकार द्धारा पिडीत भए, जसमध्ये थुप्रै अपहृत तथा गुप्तरुपले यातना पिडीत सताइये, त्यस्तै थुप्रै अन्य व्यक्तिहरु पाकिस्तानी सेनाद्धारा थुनामा राखिएको गुप्त केन्द्रहरुबाट कहिले पनि जीवित फर्केर आएन ।

सेनाको हत्या केन्द्रहरुमा निरन्तर रुपमा बुलेट प्रहार हुँदै रह्यो । राज्यको त्यस्तो असंवेदनशीलताले गर्दा तिनीहरुमध्येका धेरैले विदेशको भूमिमा शरण लिएको भए पनि त्यहीं मारिए ।

विगत एक वर्षको इम्रान खान सरकारको मानव अधिकारको अभिलेख अविस्मणीय मात्र होइन कि सैनिक तानाशाह परवेज मुशर्रफको शासनकाल भन्दा पनि नराम्रो रहेको छ ।

इम्रान खान वास्तवमा बाहिरियाहरु भन्दा पनि आफ्नो जनताका शत्रु रहेका छन । आफ्नो सबभन्दा पछिल्लो प्रतिवेदनमा ह्रुमन राइट्स वाचले त्यसलाई सान्दर्भिक रुपमा यस प्रकार प्रस्तुत गरेको छ … “अधिकारीहरुले राम्रो स्थितिलाई नराम्रो बनाउन भयानक यातना तथा आतंकवादी प्रविधी प्रयोग गरे र कडाईका साथ सरकारी कारवाही वा नीतिहरुलाई आलोचनात्मक ढंगले नागरिक समाज समूह तथा संगठनहरुलाई सञ्चालित गरे” ।

इम्रान खानको शासनकालमा सञ्चार माध्यमलाई हस्तक्षेप तथा हत्याराहरुद्धारा लक्ष्य बनाउने कार्य दुर्लभ जस्तै रह्यो । प्रधानमन्त्री इम्रान खानले पटक–पटक पत्रकारहरु प्रति आफ्नो आक्रोश व्यक्त गर्दै तिनीहरुलाई हतोत्साहित पार्न तथा अवरोधित पार्न सख्त कानून लागू गरे ।

उनले सञ्चार गृहहरुलाई थिची राख्न (दमन गर्न) नयाँ कानूनहरु ल्याए, खासगरीकन त्यस्ता माथि जो उनी तथा रावलपिण्डी स्थित उनको संरक्षकहरु प्रति आलोचनात्मक रहेको देखिएको थियो ।

सेनामा रहेका र सशस्त्र ईकाईहरुद्धारा लक्ष बनाई आक्रमण गरिएमा पत्रकारहरु माथि आक्रमण गर्दा पनि उनले हेरेनन् । गत वर्ष सितम्बरमा, उदाहणका लागि, संघीय अनुसन्धान निकायले १२ जना पत्रकार तथा अधिकारकर्मीहरु माथि इलेक्ट्रोनिक क्राइम्स एक्ट उल्लंघन गरेको आरोप लगाएको थियो । पत्रकारहरु माथि सामाजिक सञ्चार माध्यमको टिप्पणी गरेकोमा समेत कारवाही गरिएको थियो । पत्रकारहरु बीच भएको वातावरणमा कहिले पनि व्यापक रहेको छैन ।

इम्रान खानको शासनकालमा आफ्नो अधिकारका लागी विरोध गर्ने नागरिकहरुले कठोर व्यवहारसम्म जुध्नु पर्छ । बलोच, सिन्धी तथा पख्तुन नेताहरुलाई वनावटी कुनै आरोप लगाएर यातना दिने, अपहरण गर्ने, गिरफ्तार गर्ने वा सामान्य रुपमा ‘आतंकवादी’ को संज्ञा दिएर हत्या समेत गरिएको थियो ।

यातना दिने, मारिने आधिकारकर्मीहरुको संख्या इम्रान खान ‘नयाँ पाकिस्तान’ को प्रधानमन्त्रीको कार्य सम्हाले पछि बढ्दै गएको छ । आफ्नै नागरिकहरु विरुद्ध निरन्तर प्राणघातक अभियान नयाँ वर्षमा समेत बन्द भएको छैन ।

यस वर्ष १७ जनवरीका दिन पाकिस्तानी सुरक्षा वलले जबरजस्ती एक प्रख्यात आदिवासी पश्तुन आधिकारकर्मी सन्ना इनानलाई बलोचिस्तानमा एक गाडी भित्र राखेर प्रान्त बाहिर लगियो र भयानक यातना दिएर फालियो तर उनी भाग्यशाली भएकीले बाँचेर आईन–अरु भएको भए जघन्यतापूर्ण ढंगले मारिने थिईन ।

समाजका अन्य संस्थाहरु खानको शासनकालमा सुरक्षित तथा राम्रो रहेका छैनन् । महिला, धार्मिक अल्पसंख्यकहरु तथा उभयालिङ्गी व्यक्तिले बढ्दो हिंसा विभेद तथा हत्यासंग जुझ्दै आएका छन । अनुमान अनुसार १,००० महिला प्रति वर्ष तथाकथित ‘यौन र कीलिंग’को आरोपमा मारिंदै आएकी छिन ।

‘डाटा फोम डोमेस्टीक भायोलेन्स हेल्पलाइन्स एक्रौस पाकिस्तान’ ले बताएको छ कि जनवरी–मार्च,२०२० देखि घरेलु हिंसा २०० प्रतिशत बढी सकेको छ र मार्च पछि कोभिड–१९ लकडाउनको अवधिमा झन नराम्ररी अघि बढी सकेको छ ।

त्यसको रक्षा गर्ने क्रममा सरकारको असफलता विस्मयकारी थियो भने राज्यद्धारा अल्पसंख्यकहरु तथा महिला विरुद्ध संचालित अपराधहरु राज्यको वेवास्ताले ज्यादै दुखद रहेको थियो । यो आस्ततीसाथ हेर्न सकिन्छ कि इम्रान खान देखिने उदार नेताले आफुलाई दुष्ट शासकमा परिवत्र्तित गरि सकेको छ ।


२ जेठ २०७८, आइतवार १४:३६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad