ग्लोबल आइएमई लघुवित्तको उत्साहजनक रुपमा नाफा वृद्धि
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्साहजनक रुपमा नाफा वृद्धि गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा १४९.९०% ले नाफा वृद्धि गरी २१ करोड १५ लाख ७४ हजार रुपैयाँ पुर्याएको हो । गत वर्ष भने ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ । खुद ब्याज आम्दानी ८४.८१% ले वृद्धि हुँदै ३२ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १४९.९०% ले बढाएर २५ करोड ७९ लाख ३४ हजार रुपैयाँ पुर्याएको छ ।
साथै, तेस्रो त्रैमाससम्म ७ करोड ७८ लाख ९७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएपछि खुद नाफा आकर्षक देखिएको हो । ग्लोबलले १ अर्ब ७३ करोड ३७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८७ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यता, खराब कर्जा भने १.७१५ बाट बढेर २.३२५ पुगेको छ । कस्ट अफ फन्ड १०।६८५ बाट घटाएर ५.३८% मा सीमित गर्न सफल भएको छ । चैत मसान्तसम्म चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।
रिजर्भ कोषमा २७ करोड ८१ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष रिजर्भमा १७ करोड १० लाख १० हजार रुपैयाँ मात्र थियो । यस लघुवित्तको प्रतिसेयर आम्दानी ८५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नटवर्थ १७५ रुपैयाँ ४ पैसा छ ।





















