मेरो माइक्रोफाइनान्स लघुवित्तले उल्लेख्य मात्रामा बढायो नाफा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उल्लेख्य वृद्धि भएको छ । यसअवधिसम्म आइपुग्दा संस्थाको खुद नाफा २०९.४१% ले बढेर २९ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो त्रैमासको यसै अवधिमा यसले ९ करोड ५८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । मेरोको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक सुधार आएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ८१.८८% ले बढेर ५७ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३१ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि २१८.७७% ले बढेर ३८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १२ करोड १५ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्ममा चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ४८ करोड रुपैयाँ छ । यसअवधिमा २ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
मेरोको खराब कर्जा भने घटेर १.७०५ पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा १.९०% थियो । कस्टअफ फन्ड ५.०७% छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ०२ पैसा छ ।





















