फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १३.६८४% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.५०% बोनस र ४.१८४% नगद गरी कुल १३.६८४२% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद बाँड्नेछ ।
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । अघिल्लो वर्ष यसले १७% बोनस सेयर र कर तिर्न ०.८९% नगद लाभांश दिएको थियो ।
हाल फर्स्टको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयरपछि पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ पुग्नेछ ।
























