stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरएमडीसी र ग्रामीण विकास लघुवित्तको ५ हजार ८२६ कित्ता सेयर लिलामी आजदेखि खुल्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आज भदौ ११ गते देखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी र ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कोषले आरएमडीसीको २ हजार ६३२ कित्ता र ग्रामीणको ३ हजार १९४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा आरएमडीसीको सेयरमा न्यूनतम ३९८.७५ रुपैयाँ र ग्रामीणको सेयरमा न्यूनतम १०९ रुपैयाँ ७० पैसा भाउ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम मूल्यलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असोज १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको धरौटीबापत प्रस्तावित कुल मूल्यको १०५ रकम संस्थाको सिटिजन्स बैंकमा रहेको खाता नं. ००१०१००००२५८८२०१ मा जम्मा गर्नुपर्नेछ । त्यसपछि उक्त भौचर समेत संलग्न गरी आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि छनोट हुने आवेदकले प्रस्तावित कुल रकममध्ये धरौटी बापत जम्मा गरेको रकम घटाई बाँकी रकम छनोट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कोषको सोही खातामा जम्मा गरी सोको भौचर प्रशासन विभागमा पेश गर्नुपर्नेछ ।

यस्तै, सेयर नामसारी गर्दा खरिदकर्ताको तर्फबाट भुक्तानी गर्नुपर्ने सबै शुल्क खरिदकर्ताले नै व्यहोर्नुपर्नेछ । लगानीकर्ताले आवेदन फारम भर्दा डिम्याट खाता र बैंक खाता नं अनिवार्य लेख्नुपर्नेछ । बोलपत्र असोज १५ गते बिहान ११ बजे कोषको कार्यालय काठमाडौंमा खोलिने छ ।

IME Lifesidebar
kumari