stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समाज लघुवित्तको आइपीओ खुल्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आज बिहीबार भदौ ४ गतेबाट आइपीओ खुला भएको छ । यस लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ ।

यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ ।

prabhu mahalaxmi
kumari