stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ४ करोड ७४ लाख रुपैयाँ नाफा कमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा २६.४१% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले खुद ब्याज आम्दानी पनि ६८५ ले बढाएर १५ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले ९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, सञ्चालन नाफा पनि ५ करोड ९४ लाख रुपैयाँबाट बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । असारसम्म यसले ६१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ करोड ८३ लाख रुपैयाँ छ । खराब कर्जा ०.७७% बाट बढेर १.१६% पुगेको छ ।

प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा रहेको इन्फिनिटीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari