stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मेरो माइक्रोफाइनान्सले १६ करोड २२ लाख ६८ हजार रुपैयाँ नाफा कमाए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १६ करोड २२ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३.४८% ले बढी हो ।

अघिल्लो वर्ष संस्थाले १५ करोड ६८ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा मेरोको खुद ब्याज आम्दानी ३२.४५% ले बढेर ५० करोड ४७ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ३८ लाख १० हजार ८६ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, चौथो त्रैमाससम्म सञ्चालन नाफा भने २२.९९% ले घटेर १९ करोड १३ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यस संस्थाले २४ करोड ८४ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

असार मसान्तसम्ममा चुक्तापुँजी ८५ करोड ५१ लख ४० हजार रुपैयाँ छ । जगेडा कोषमा ३५ करोड ३३ लाख ५४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ३२ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long