stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वरोजगार लघुवित्तको आज फागुन १८ गते एफपीओ खुला

कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गते आइतबारदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

जस अनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन १३ गतेसम्म बाहल रहनेछ ।

 

prabhu mahalaxmi
kumari