citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेकपा एमालेको सचिवालय बैठक बस्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत पार्टी काम कारबाही र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको ६ वटा अध्यादेश सदनमा पेश हुन सकेको छैन ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसद्‌मा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन ।

सरकारलाई प्रतिनिधिसभामा बहुमत पुग्ने भए पनि राष्ट्रियसभामा भने संख्या अपुग छ। पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले भूमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

gold
kumari bank