नयाँ एडास फिचर र प्रिमियम फिचरले सुसज्जित किया ईभी ४ अन्तरार्ष्ट्रिय बजारमा

किया हाल आफ्नो इलेक्ट्रिक सवारी साधनको लाइनअप विस्तार गर्नमा व्यस्त छ। यसै अन्तर्गत कम्पनीले किया ईभी ४ प्रस्तुत गरेको छ। यसको बिक्री कोरियामा मार्च २०२५ मा सुरु हुनेछ। साथै यही वर्ष युरोपेली बजारमा पनि बिक्रीको लागि उपलब्ध हुनेछ।
यसको एक्सटेरियरमा लो नोज, ठाडो हेडल्याम्प र कियाको सिग्नेचर स्टार म्याप एलईडी डीआरएल दिइएको छ । यसको साइड प्रोफाइलमा स्पोर्टी ड्युअलटोन अलोय ह्विल, फ्लश डोर ह्यान्डल, ह्विल आर्च, टेपरिङ रूफलाइन र ब्ल्याकआउट पिलर समावेश छ ।
किया ईभी ४ मा मल्टी लेयर्ड ड्यासबोर्ड, ३० इन्च स्क्रिन डिस्प्ले र माउटेन्ड कन्ट्रोलको साथमा १ स्पोक असिमेट्रिकल स्टेयरिङ ह्विल दिइएको छ ।
यसमा स्लाइडिङ टेबल कन्सोल, घुम्ने आर्मरेस्ट, दुबै पङ्क्तिमा पर्याप्त सिट ठाउँ, डायनोमिक वेलकल लाइटिङ र एम्वियन्ट जस्ता सुविधाले सुसज्जित गरिएको छ । साथै युट्युब, नेटफ्लिक्स, डिज्नी प्लस, गेम र कराओके जस्ता मनोरञ्जन विकल्प पनि रहेको छ ।
किया ईभी४ लाई ४००भी इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्ममा विकसित गरिएको हो । यसलाई ५८।३ किलोवाट ब्याट्री प्याक र ८१.४ किलोवाट ब्याट्री प्याक गरी दुई भेरिएन्टमा ल्याइएको छ । सो मोटरले २०१ एचपी पावर उत्पादन गर्नेछ।
यसको टप स्पिड १७० किलोमिटर प्रति घण्टा रहेको छ । ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई केवल ७.४ सेकेन्डको समय लाग्छ । फुल चार्जमा यसको रेन्ज ५९० किलोमिटर भएको कम्पनीको दाबी छ ।