citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेसनल लघुवित्त वित्तीय संस्थाको नाफा १०६ प्रतिशत बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १०६.६२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, खुद ब्याज आम्दानी पनि ८७.९६ प्रतिशतले बढेर ६६ करोड ३८ लाख पुगेको छ । उक्त आम्दानी  बढ्दा नाफामा वृद्धि आएको हो । इम्पेयरमेन्ट चार्ज पनि बढेर १० करोड ११ लाख पुगेको छ ।

१ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२।३४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१९.६७ रुपैयाँ छ ।

gold
kumari bank