stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार

 जीवन बीमा कोष ४०% ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक बृद्धि भएको छ ।

३ अर्ब ९३ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड २४ लाख थियो भने अन्य इक्विटीमा ६७ करोड ५९ लाख थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १९ करोड २८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १६ करोड ९७ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार बढेको छ ।

वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ करोड ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८६ दशलमव ७८ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २३ दशलमव ६३ प्रतिशतले वृद्धि भएको हो।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत २० करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा कम्पनीले १६ करोड ४७ लाख खर्चिएको थियो ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २३ दशलमव ६९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ११ अर्ब ९७ करोड ८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७३ पैसा कायम भएको छ। पीई रेसियो ५९.२४ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari