समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते बुधबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आज माघ २३ गतेसम्म कायम लगानीकर्तालाई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउँनेछन् । यस वित्तीय संस्थाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दै छ । साधारण सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ ।