आज माघ १४ गते आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा बस्दै

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज माघ १४ गते बस्दैछ ।
लघुवित्तको साधारण सभामा सेयरधनीलाई लाभांश सम्बन्धी कुनै प्रस्ताव राखेको छैन । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
साधारण सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।