stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तेइसौं वार्षिक साधारणसभा पुस २६ गते

लघुवित्त कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते शुक्रबार तेइसौं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्त कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

साधारण सभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ भने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।

बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनार्थ लघुवित्त कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

prabhu mahalaxmi
kumari